विद्युतीय सवारी साधनको भन्सार पूर्ण निःशुल्क गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारी साधनहरुको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताए ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले बिद्युतिय सवारी साधनको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताएका हुन् । उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा राजस्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको बताए । उनले बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको टिप्पणी गरे ।

उनले करको दर र दायरा जथाभावी रुपमा बढाउने काम गरिएको बताए । उनले मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने कुरालाई प्राथमिकता नदिएर विगतदेखिका प्रधानमन्त्रीहरुले खालि भारतलाई नदीनाला बेच्न मात्रै ध्यान दिएको बताए ।

उनले वंशजको आधारमा नेपाली नागरिकता पाउनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको स्पष्ट पारे । तर विदेशीले नागरिकता लिएको विषयमा भने छानविन हुनुपर्ने उनको भनाइ छ ।

उनले कपास विकास समिति र दुग्ध विकास बोर्ड खारेजीको निर्णयप्रति विरोध जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *