गण्डकीका पूर्व मुख्यमन्त्री नेपालीले फर्काएनन् सरकारी गाडी, अनेरास्ववियुको ध्यानाकर्षण

पोखरा । गण्डकीका पुर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई घर छोड्न गएको सरकारी गाडी अझै फर्किएको छैन । पुस २५ गते खगराज अधिकारी मुख्यमन्त्री बनेपछि पोखरेल सत्ताबाट बाहिरिएका थिए ।

उनलाई छोड्न गएको सरकारी गाडी अहिले सम्म नफर्काएपछि विवादित भएका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरेलले लगेका सबै सुविधा एक साताभित्र फिर्ता गर्न गण्डकी सरकारलाई चेतावनी दिएको छ ।

बिहीबार एक विज्ञप्ती बुझाउँदै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई सरकारी गाडी फिर्ता गर्न अल्टिमेटम दिएको हो । पाण्डेले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । अहिले पूर्व मुख्यमन्त्री नेपाली स्वास्थ्य समस्याका कारण आराम गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *