गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित
पोखरा । गण्डकी प्रदेशको आगामी नीति तथा कार्यक्रम पारित भएको छ । जेठ २१ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रश्तुत गरेको नीति तथा कार्यक्रम ३ दिन छलफलपछि पारित भएको हो ।
उक्त कार्यक्रममा ५० जना सांसदहरुले आफ्ना धारणा राखेका थिए ।
अन्तिममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको थियो । पाण्डेले प्रदेशलाई आत्मनिर्भर र सक्षम बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम ल्याइएको बताए ।
उनले पूराना सरकारका राम्रा कार्यक्रमको निरन्तरता र केही नयाँ कार्यक्रम मिसाएर अहिलेको सरकारले लक्ष्य निर्धारण गरेको सुनाए ।
सरकारले प्रश्तुत गरेका सबै कार्यक्रम कार्यान्वयन गरिने उनको भनाई छ । योसँगै असार १ गते प्रदेश सरकारले नयाँ बजेट ल्याउने छ ।
यसपालिको नीति कार्यक्रममा गाँजा खेतीको सम्भाब्यता अध्ययन देखि घरेलु मदिरा ब्राण्डिङ गर्ने र सुरुङ मार्गको अध्ययन गर्ने सम्मका कार्यक्रम परेका छन् ।