यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
मकालु खबर
२०८० जेठ २६ गते
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू-भागको एक-दुई स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
मकालु खबर
२०८० जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित