बालेनले ग्रेटर नेपालको नक्सा राखेपछि दीपकको कटाक्ष- भुईँको टिप्न नखोजौँ, भएकोलाई जोगाऔँ
मकालु खबर
२०८० जेठ २६ गते
काठमाडौँ । अहिले ‘ग्रेटर नेपाल’को चर्चा बढेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि यो विषय सामाजिक सञ्जालमा भाइरल भएको हो ।
अधिकांश मानिसहरूले आफ्नो सामाजिक सञ्जालमा ग्रेटर नेपालको नक्साले रंगाएको देख्न सकिन्छ । यही विषयमा सामाजिक सञ्जालमार्फत चोटिलो ब्याङ्ग्य गर्न माहिर कलाकार दीपकराज गिरी बालेका छन् ।
उनले भुईँको टिप्न खोज्नुभन्दा भएकोलाई जोगाउन आग्रह गरेका छन् । ‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा भए के गर्थे होलान् ? भुईँको टिप्न नखोजौँ, भएकोलाई जोगाऔँ’ कलाकार गिरीले भनेका छन् ।
मकालु खबर
२०८० जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित