धरानमा पनि ग्रेटर नेपालको नक्सा राखिनेछ : मेयर साम्पाङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालका भू-भागसमेत समावेश ‘अखण्ड भारत’को नक्सा राखेका बेला साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

मेयर साह भारतमा रहेको बेला मेयरको कार्यकक्षमा बिहीबार नयाँ नक्सा राखिएको हो । उता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा यसको सिको गर्ने बताए । मेयर साम्पाङले एक ट्विट गर्दै आफ्नो कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा राख्ने जानकारी गराएका हुन् ।

साम्पाङले भनेका छन्, बालेनज्यूले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएछ । अब धरानमा पनि ग्रेटर नेपालको नक्सा राखिनेछ ।’ नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो । ब्रिटिस भारतसँग सुगौली सन्धिका क्रममा नेपालले ती भूमि गुमाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *