पोखरा महानगरपालिका : डेढ करोडको तेल, करोडमा गाडी मर्मत
मकालु खबर
२०८० जेठ २६ गते
पोखरा । पोखरा महानगरपालिकाको चालू खर्च अत्यधिक देखिएको छ । आर्थिक वर्ष २०७९/०७९ मा महानगरले इन्धनमा १ करोड ५१ लाख खर्च गरेको छ ।
सवारी साधन मर्मत भनेर ५९ लाख ७२ हजार तथा मेसिनरी तथा औजार मर्मत सम्भार र सञ्चालन खर्चमा छुट्टै ४१ लाख ४७ हजार खर्च गरेको छ । सवारी साधन तथा मेसिनरी औजार भाडामा लिएर ५ लाख ८६ हजार खर्च लेखेको छ । घरभाडामा मात्रै ७७ लाख ८३ हजार रुपैयाँ र पानी तथा बिजुलीमा ५४ लाख ५ हजार खर्च भएको छ ।
यस्ता अनुत्पादक क्षेत्रमा हुने खर्च घटाउन महालेखा परीक्षकको कार्यालयले निर्देशित गरेको छ । पोखरा महानगरपालिकाले आन्तरिक आम्दानीमा पनि कडाइ गरेको छैन भने आर्थिक अनुशासन निकै फितलो देखिएको छ ।
मकालु खबर
२०८० जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित