सर्वोच्चले मगायाे प्रमाणिकरण गरिएको नागरिकता विधेयकको प्रतिलिपि
मकालु खबर
२०८० जेठ २६ गते
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले १७ जेठमा प्रमाणिकरण गरेको नागरिकता विधेयकको प्रतिलिपि पेश गर्न आदेश दिएको छ ।
न्यायाधीशहरु प्रकाशमान सिंह राउत र सुस्मलता माथेमाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । यसअघि २१ जेठमा नागरिकता विधेयक तत्काल कार्यान्वयनमा नलैजान अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
राष्ट्रपतिले निष्क्रिय रहेको विधेयक प्रमाणिकरण गरेको भन्दै त्यसविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेसहितले रिट हालेका थिए ।
यो विधेयक संसदमा नलगी प्रमाणिकरण गरिएको भन्द्र प्रतिपक्षी दलहरु नेकपा एमाले, रास्वपा र राप्रपाले पनि संसदमा विरोध गर्दै आएका छन् ।
मकालु खबर
२०८० जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित