एउटै गाउँपालिकामा १४ करोड बेरुजु !

पोखरा । गण्डकीको एउटा गाउँपालिकामा एकै वर्ष १४ करोड भन्दा बढी बेरुजु देखिएको छ ।

म्याग्दीको मालिका गाउँपालिकामा आर्थिक वर्ष २०७८-०७९ मा १४ करोड २३ लाख ५५ हजार बेरुजु देखिएको हो ।

यसमध्ये ६ लाख ३५ हजार असुल गर्नुपर्ने बेरुजु छ भने २ करोड ४५ लाख नियमित गर्नुपर्ने बेरुजु छ । प्रमाण कागजात पेस नभएको बेरुजु ११ करोड २३ लाख र ४७ लाख ३३ हजार रुपैयाँ पेस्की बेरुजु छ ।

जनप्रतिनिधि र कर्मचारीले भ्रमण भत्ता बापत दोहोरो सुविधा लिएको र उक्त रकम असुल गर्ने गरी महालेखा परीक्षकले प्रतिवेदन निकालेको छ । योसँगै मालिकामा अव १८ करोड १० लाख रुपैयाँ बेरुजु अद्यावधिक भएको छ । गण्डकीको लोमान्थाङमा सबैभन्दा कम बेरुजु छ । मालिकाको बेरुजु सबैभन्दा बढी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *