पोखरामा राष्ट्रिय संगीत अवार्ड हुने

पोखरा । पोखरामा राष्ट्रिय संगीत अवार्ड हुने भएको छ । कास्की खवर प्रालिले असार २ गते अवार्ड आयोजना गरेको हो ।

संगीतका विभिन्न ३७ विधामा अवार्ड वितरण हुने आयोजक समितिका सचिव सागर कार्कीले जानकारी दिए । उत्कृष्ट ५ को नोमिनेसन समेत सार्वजनिक भइसकेको छ । १८५ जना नेमिनेसनमा परेका छन् ।

पुराना कलाकारलाई सम्मान र नयाँलाई प्रोत्सहान गर्न अवार्ड आयोजना गरिएको कार्कीको भनाई छ । अवार्डका लागि भोटिङमार्फत ४० अंक, निर्णायकले ५० र आयोजकले १० अंक दिनेछन् । अवार्ड कार्यक्रमबाट जोगिएको रकम भने कलाकार कल्याणकारी कोषमा पठाइने अध्यक्ष ऋषिराम दाहालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *