पुरै मन्त्रिमण्डल एकैसाथ धार्मिकस्थलमा जाँदा प्रश्न उठ्छ

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरै मन्त्रिमण्डल एकैसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठेको टिप्पणी गरेका छन् ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो क्याबिनेटका केही मन्त्रीहरूसहित पशुपतिनाथ मन्दिर पुगेको प्रसङ्गमा टिप्पणी गर्दै डा. भट्टराईले पुरै मन्त्रिमण्डल एक साथ धार्मिक स्थलमा जाँदा त्यो राजनीतिक हुने र प्रश्न उठ्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड हालै सम्पन्न भारत भ्रमणमा गेरु वस्त्र लगाएर मन्दिरमा पूजा गरेको विषय अहिले पनि चर्चामा रहेको छ । सरकारका मन्त्रीहरूसहित भारतमा पूजा गरेका प्रचण्ड फेरी शनिबार उनै मन्त्रीहरूसँग पशुपतिनाथको दर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *