आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँ : सांसद गिरी
नेपाली काँग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताउए । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले भारतको तत्कालिन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताए ।
तत्कालिन भारतमा कम्पनी सरकार(वृटिश सरकार) रहँदा उनीहरुले बेलुका ४ बजे घोषणा गर्नेगरेको उनले बतए । भारतका बेलुका ४ बज्दा इंल्याण्डमा बिहान १० बज्ने हुनाले ब्रिटिशलाई उपयुक्त हुने भएकोले उक्त समयमा बजेट प्रस्तुत गरेको बताए । तर, नेपालले सँधै त्यही कम्पनी सरकारको सिको गरिरहनु आवश्यक नभएको बताए ।
उनले जो अर्थमन्त्री बन्छ, उसले आफ्नो क्षेत्रमा मात्रै बढी बजेट लाने गरेको उल्लेख गर्दै जिल्लाहरुको न्युनतम आवश्यकता अध्ययन गरेर मात्रै बजेट पठाउनुपर्ने बताए । उनले सांसदहरुको कुनै हैसियत नभएको भन्दै आफूलाई झोले सांसदको संज्ञा दिए । उनले काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले सांसदहरुलाई वडाअध्यक्षको स्तरमा पुर्याइदिएको भन्दै शाहलाई सलाम अर्पण गरे ।