प्रतिवादी सन्दीप रायमाझीका तर्फबाट बहस सिकयाे

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट बहस सकिएको छ ।

रायमाझीको तर्फबाट अधिवक्ता इश्वरी भट्टराई, अवतार न्यौपाने, बाबुराम दाहाल र प्रविण सुवेदीले काठमाडाैँ जिल्ला अदालतमा बहस गरेका छन् । सन्दीपको तर्फबाट बहस सकिएपछि अब टेकनारायण पाण्डेको तर्फबाट बहस सुरु भएको छ ।

उक्त प्रकरणमा पक्राउ परेका सानु भण्डारीसँग सन्दीले ४० लाख रुपैयाँ लिएको र सन्दीप पनि नक्ली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *