बजेटकै कारण सरकार ढल्दैन : माधव सापकोटा

काठमडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताउनु भएको छ ।

सत्तारुढ दलहरुले नै बजेटको विरोध गरिरहेका बेला उनले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिएका हुन् । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धनभित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन गरेर अघि बढने बताए ।

उनले भने, ‘आपसी संवादका माध्यमबाट भारतसँग हाम्रा असमझदारीका कुराहरु हल गरिनु पर्छ । समाधान गरेर जानुपर्छ । भारतले जे गर्यो, त्यो गलत नै गरेको छ । आजको विश्व प्रतिस्पर्धामा त्यसलाई विचार गरेर, वरपरका सबै छिमेकीहरुलाई विश्वासमा लिएर जाने गरी विशाल हृदयका साथ भारत अगाडि बढनु पर्छ । सरकार ढल्दैन । बजेट र त्यसमा पनि विनियोजनको बारेमा सत्ता गठबन्धनभित्र केही गुनासोहरुको विषय छलफलमा छ । मलाइ लाग्छ, यो बैठकमा अन्तिमसम्म जाँदाखेरी गठबन्धन भित्र छलफल गरेर यसको हल हुन्छ । ’

सांसद सापकोटाले सरकारले भारतसँग रहेका असमझदारीहरु हल गर्दै जानुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *