१९ वर्षपछि अध्यापन पेशामा फर्किए डा. मिनेन्द्र रिजाल (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल अध्यापन पेशामा फर्किएका छन् । उनले आफू १९ वर्षपछि नियमित अध्यापन पेशामा फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका हुन् ।

काठमाडौँको मध्यबानेश्वरमा रहेको एपेक्स कलेजमा बिहान ८ देखि १० बजेसम्म अध्यापन सुरु गरिएको उनले बताएका छन् । ‘सुखद अनुभव, १९ वर्ष पछि नियमित रूपमा पढाउन थालेँ । अब हरेक आइतबार बिहान ८-१० बजे Apex College मा पढाउने छु,’ रिजालले भनका छन् ।

रिजाल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई सभापति शेरबहादुर देउवाले केही साता अघिमात्र केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

प्रतिक्रिया

3 thoughts on “१९ वर्षपछि अध्यापन पेशामा फर्किए डा. मिनेन्द्र रिजाल (तस्बिरहरु)

  1. congratulations.thanks for your involvement in transformation through education.i appreciate your clear stand in defense of nepal while talking to indian guided media person called arnab goswami.

  2. यो नौलो कुरा होइन तर नेपालीको लागि प्रेरणादायी छ ।अमेरिकी राष्ट्रपति पद छोड्डा शिक्षण पेशा अङ्गालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *