दर्ता र नवीकरण नगरी चलेका २ अस्पतालमा महानगरको ताला
मकालु खबर
२०८० जेठ २९ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दर्ता र नविकरणविना नै सञ्चालन भइरहेको दुई वटा अस्पताललाई सिल गरेको छ ।
महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा सञ्चालमा रहेको चाइना पिपुल्स हस्पिताल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवं वर्थिङ सेन्टरमा सिलबन्दी गरेको हो ।
केही समयअघिदेखि नै उक्त अस्पतालको दर्ता नभएको आधारमा अनुसन्धान गरिएको र आज तालाबन्दी गरिउको महानगरपालिकाले जनाएको छ ।
मकालु खबर
२०८० जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित