विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव
मकालु खबर
२०८० जेठ ३० गते
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री यादवले मंगलबार दिउँसो ५ बजे प्रदेश सभाको आकष्मिक बैठक बोलाएर विश्वासको मत लिने भएका हुन् । जनता समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका यादवले पुरानो समिकरणका दल सरकारबाट बाहिरिएकाले विश्वसाको मत लिन लागेका हुन् ।
मधेस सरकारमा रहेको नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएको थियो । एमाले विश्वसाको मत फिर्ता लिएर बारिहरिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।
गत २७ पुसमा एमाले र जनमत पार्टी समेतको समर्थनमा जसपाका यादव मुख्यमन्त्री बनेका थिए ।
मकालु खबर
२०८० जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित