पहाडी पाल्पामा फुटबल मोह (तस्बिरहरु)
पाल्पा। भर्खरै मात्र पाल्पाको तानसेनमा पहिलो कर्णेल उजिरसिंह पाल्पा गोल्डकपको आयोजना भयो । तानसेनको टुँडिखेलमा एक मात्र खेल मैदानमा यो गोल्डकप खेलाइएयो । गोल्ड कप प्रतियोगितामा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । पाल्पामा झन्डै ३३ वर्षपछि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता भएको छ ।
२०४७ सालसम्म ‘मणिमुकुन्द कप’ र ‘करुवा कप’ ले चर्चित पाल्पामा त्यसपछि भने राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुन सकेको थिएन । यसपटक भने पाल्पा जिल्ला फुटबल संघले तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजीरसिंह थापाको सम्झनामा ‘पाल्पा गोल्डकप २०८०’ को आयोजना गर्यो । त्यही फुटबल खेल हेर्न दर्शक तानसेनबाट मात्र हैन छिमेकी जिल्लाबाट पनि आइरहेका छन् । धेरै समयपछि भएको यो खेलले खाली देखिने टुँडिखेल मैदानको स्वरुप नै फेरिएको देखियो ।
२७ जेठमा भएको यो गोल्डकपको फाइनल हेर्न मान्छेको भिड लागेको थियो । यसरी भिड धेरै भएपछि देखियो भन्छन् स्थानीय । करिब ४–५ हजार को हाराहारीमा दर्शकको फाइनल हेर्न भिड लागेको थियो । जेठ १२ देखि सुरु भएको प्रतियोगिता २७ गते सेन्ट्रल कलेज रोड्स चितवन र होराइजन फुटबल क्लब वालिङ स्याङ्जा बिच भएको फाइनल खेलको उपाधि चितवले पाएको छ ।
तस्बिरहरू