गगन थापाले भने– देउवाबाहेक जो प्रधानमन्त्री भए पनि हुन्छ
मकालु खबर
२०८० जेठ ३० गते
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेयरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । बिरानगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले शेरबहादुर देउवाबाहेक अरु जोसुकै प्रधानमन्त्री भए पनि आफूहरु सरकारमा जान सक्ने बताएका हुुन् ।
अहिलेकै गठबन्धन अनुसार अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्दै उनले देउवाले प्रधानमन्त्री पद त्याग्नुपर्ने बताए । त्यस्तै पार्टी सभापति पद समेत देउवाले त्याग्नुपर्ने उनले बताए ।
कांग्रेसको नयाँ नेतृत्वको खोजीमा आफूहरु लागिरहेको भन्दै उनले भने– ‘अझै लाग्छु, परिवर्तन गर्न लागिरहेको छु । जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन ।’
मकालु खबर
२०८० जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित