लोकसेवा आयोगको परीक्षामा दुईजना नक्कली परीक्षार्थी पक्राउ
मकालु खबर
२०८० जेठ ३० गते
पोखरा । गण्डकी लोकसेवा आयोगले लिएको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
प्रदेश वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षणमा अर्कैको नामबाट परीक्षामा सहभागी भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने दुवैजना जुम्लाका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर ९ वलयकाटियाका १८ वर्षे बालक र सिञ्जा गाउँपालिका ३ लुमका २५ वर्षीय पदम बुढा पक्राउ परेका कास्की प्रहरीले जनाएको छ।
उनीहरु अर्कै परीक्षार्थीको सक्कली नागरिकतामा आफ्नो तस्बिर टाँसेर परीक्षामा सहभागी भएका थिए ।
उनीहरुलाई शिक्षा ऐन सम्बन्धी मुद्धामा ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रबक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए।
मकालु खबर
२०८० जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित