खाँणको तर्फबाट बहस सकियो, साधारण तारेखमा छाेड्न माग

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडका तर्फबाट अधिवक्ताहरुको बहस सकिएको छ ।

उक्त मुद्दाका प्रतिवादी खाँडका तर्फबाट उनका निजी वकिलहरु रमण श्रेष्ठ, गोपालकृष्ण घिमिरे, खम्बबहादुुर खाती, सुरेन्द्र महतो र ललितकुमार बस्नेतले बहस गरेका हुन् ।

बहसका क्रममा अधिवक्ता श्रेष्ठले खाँणमाथि गठी र संगठित अपराधको मुद्दामा बयान लिइएपछि त्यसै मुद्दामा मात्रै अभियोग लगाउन मिल्ने जिकिर गरेका छन् । उनले बयान लिएकै मुद्दामा अदालत केन्द्रित हुनुपर्ने बताए । उनले उक्त मुद्दामा अर्का अभियुक्त केशव दुलालले दिएको बयान अनुसार १ करोड २४ लाख रुपैयाँ खाँण नदिएर अन्यलाई दिएको देखिएको बताए । खाँणले विगो गरेको नदेखिएकाले उनीमाथि धरौटी नभई साधारण तारेखमै रिहा गर्न उनले माग गरे ।

त्यस्तै, अधिवक्ता सुरेन्द्र महतोले समाचारमा छापिएका आधारमा बयान लिइएको बताएका छन् । उनले खाँणले कागज चपाएको भन्ने आरोपबारे पनि प्रहरीले बिज्ञप्ति जारी गरी खण्डन गरिसकेको बताए । पक्राउ परेको दिन खानतलासी नगरी अर्को दिन गर्नु कानुन संगत नरहेको बताएका छन् ।

काठमाडाैँ जिल्ला अदालतमा उक्त मुद्दामा विचाराधीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *