गण्डकी प्रदेशद्वारा पूर्वाधारका योजनामा न्यूनतम रु ३० लाख बजेट विनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आगामी आर्थिक वर्षमा सडक आयोजनाका लागि न्यूनतम रु ३० लाखभन्दा कम बजेट विनियोजन नगर्ने जनाएको छ ।
म्याग्दीको मालिका गाउँपालिकाका जनप्रतिनिधिसँग बुधवार दरवाङमा भएको छलफलका क्रममा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयबाट आगामी वर्षका लागि साना तथा टुक्रे योजना कटौती भएको जानकारी दिए ।
‘विगतका वर्षमा चार÷पाँच लाखका टुक्रे योजना धेरै हुँदा उपलब्धि नदेखिने, कार्यान्वयनमा समस्या र बजेटको सदुपयोगका सवालमा प्रश्न उठेका छन्,’ उनले भने ‘सङ्घीय व्यवस्थालाई बलियो बनाउने र प्रदेशको औचित्य पुष्टि गर्न योजना तर्जुमाको परम्परागत शैली बदलेका छौँ ।’ भौतिक मन्त्रालयका योजनामा न्यूनतम रु ३० लाख बजेट विनियोजन गर्ने नीतिगत निर्णय गरिएको उनले बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *