कोशी प्रदेशका सांसदलाई १ अर्ब ५० करोड बजेट वितरण गरिने
मकालु खबर
२०८० जेठ ३२ गते
विराटनगर । कोशी प्रदेश सरकारले सांसद विकास पूर्वाधार कार्यक्रमको लागि १ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ ।
संघीय सरकारले छुट्याएको बजेटमा विवाद भइरहेको बेला कोशी प्रदेश सरकारले पनि त्यही प्रकृतिको सांसद विकास क्षेत्रको नाममा बजेट छुट्याएको हो । प्रत्यक्ष प्रदेश सभा सदस्यलाई दुई करोड र समानुपातिक प्रदेश सभा सदस्यलाई एक करोड पाउनेगरि रकम बिनियोजन गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट सार्बजनिक गर्दै प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसद क्षेत्र विकास पूर्वाधार कार्यक्रमका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका हुन् । छुट्याइएको बजेट सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुल, बाटो तथा अन्य विभिन्न पूर्वाधार निर्माणमा खर्च गर्न पाउनेछन् ।
मकालु खबर
२०८० जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित