गण्डकीले ल्यायो साढे ३३ अर्बको बजेट (पूर्णपाठ)
मकालु खबर
२०८० असार १ गते
पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि साढे ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सरकारले सार्वजनिक गरेको हो । अर्थमन्त्री जितप्रकाश आलेले चालूतर्फ १२ अर्ब १३ करोड र पूँजीगततर्फ २० अब १९ करोडको बजेट सार्वजनिक गरेका हुन् ।
पूरा बजेटमध्ये संघ सरकारले वित्तीय समानीकरण शीर्षकमा ७ अर्व ६२ करोड, सशर्तमा ४ अर्व ९४ करोड, विशेषमा ७० करोड र समपूरकमा ८४ करोड रकम पठाएको छ ।
प्रदेशले आन्तरिक राजश्व ५ अर्ब १६ करोड उठाउने लक्ष्य लिएको छ भने ९ अर्व ५ करोड रकम राजश्व बाँडफाँटबाट प्राप्त हुनेछ ।
यस्तै, रोयल्टी मार्फत ४० करोड पाउने र ३ अर्व चालू वर्षको मौज्दात रहने अनुमान छ ।
अपुग १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य छ । आगामी वर्षको बजेट पूर्वाधार सहित शिक्षा, स्वास्थ्य र कृषिमा जोड दिइएको छ ।
पूर्णपाठ
मकालु खबर
२०८० असार १ गते
प्रतिक्रिया
सम्बन्धित