तोप चराको आकर्षक गुँड (तस्बिरहरू)
मकालु खबर
२०८० असार २ गते
तोप चरा अरू चराहरूभन्दा फरक विशेषता भएको चरा हो । भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ । कलात्मक र मेहनतले आफ्नो गुँड (घर) बनाउने हुनाले यसलाई चराहरूको इन्जिनियर भनिएको हो ।
रुखमा झुन्ड्याएर बनाएको गुँड देखाएर उसले पोथी फकाउने गर्दछ । गुँड मन पर्यो भने मात्रै पोथी बस्छ, नत्र बस्दैन । त्यसैले पनि भाले तोप चराले बडो मेहनतका साथ गुँड बनाउँछ ।
सुन्दर गुँड बनाउन भालेहरूबीच प्रतिस्पर्धा नै हुन्छ । त्यसपछि पोथीले आफूलाई मन परेको गुँड छानेर बस्छ । रुखको हाँगामा झुण्डिएको गुँड प्रजननका लागि प्रयोग गर्छन् । गर्मी छल्न पहाड उक्लिने यो चरा जाडो सुरु हुने बेला तराईतिर झर्छ ।
मकालु खबर
२०८० असार २ गते
प्रतिक्रिया
सम्बन्धित