स्कर्पियो दुर्घटनामा चापाकोटका पूर्वमेयर गिरीको निधन, चालक पक्राउ
मकालु खबर
२०८० असार २ गते
पोखरा । स्याङ्जाको चापकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको निधन भएको छ । उनको गाडी दुर्घटनामा निधन भएको हो ।
शुक्रबार साँझ राङखोलाबाट स्याङ्जा आउनेक्रममा उनी चढेको गाडी अनियन्त्रित भई बरजा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
६० वर्षे गिरी चढेको वा १५ प १७०१ नम्बरको स्कर्पियो गाडी दुर्घटनामा परेको हो । गाडी चालक स्याङ्जा कोल्माकै सुरज नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकालु खबर
२०८० असार २ गते
प्रतिक्रिया
सम्बन्धित