तीव्र गतिको बस इमाडोलको बिच सडकमै पल्टियो
मकालु खबर
२०८० असार २ गते
काठमाडौँ । ललितपुरको इमाडोलस्थित बिच सडकमा बस पल्टिएको छ । तीव्र गतीमा रहेको बस शनिबार बिहान सवा पाँच बजेतिर अनियन्त्रित भई सडकमै पल्टिएको हो ।
लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिँदा चालकसहित १८ जना घाइते भएको प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक (इन्सपेक्टर)हरि डाँगीले जानकारी दिए । उनका अनुसार बसमा २४ जना सवार थिए । ६ जनाको अवस्था सामान्य छ ।
घाइते १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्याइएको छ । बस २४ वर्षीय सुजनले चलाएका थिए । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ । घाइतेहरूको उपचार भइरहेको र परिचय खुलिनसकेको प्रहरीको भनाई छ ।
मकालु खबर
२०८० असार २ गते
प्रतिक्रिया
सम्बन्धित