सामाजिक कार्यमा अग्रसर बन्दै खप्तड स्वामी युवा क्लब/सेवा समाज

फोहोर व्यवस्थापनमा सहजताका लागि दुर्गा भवानी आधारभूत विद्यालयलाई गर्‍यो १२ वटा डस्बिन हस्तान्तरण

काठमाडौँ । युवाहरूलाई सामाजिक कार्यमा लाग्न उत्साह प्रदान गरिरहेको खप्तड स्वामी युवा क्लब/सेवा समाजले स्कुललाई डस्बिन वितरण गरेको छ । बाजुराको खप्तड क्षेडेदह गाउँपालिका वडा नम्बर १ सिंग्राका युवाहरू आबद्ध खप्तड स्वामी युवा क्लब/सेवा समाजले वडामै रहेको स्कुललाई डस्बिन वितरण गरेको हो ।

खप्तड स्वामी युवा क्लब २०७० साल वैशाख १० गते स्थापना भएको हो । क्लबले एक दशकको यात्रा तय गर्दैगर्दा भारतमा पनि क्लबकै अंगको रूपमा खप्तड स्वामी सेवा समाज भारत विस्तार गरिएको छ । सोही सेवा समाजको अग्रसरतामा काट्टेमा रहेको श्री दुर्गा भवानी आधारभूत विद्यालयलाई फोहोर व्यवस्थापनमा सहजताका लागि १२ वटा डस्बिन उपलब्ध गराएको हो ।

समाजका अध्यक्ष कुलबहादुर रावलकाअनुसार क्लबका सल्लाहकार राजकुमार रावलको नेतृत्वमा विद्यालयलाई डस्बिन हस्तान्तरण गरिएको छ । ‘सहयोग स्वरूप १२ वटा डस्टबिन हस्तान्तरण गरेका छौँ,’ अध्यक्ष रावलले भने, ‘जसमा ८ वटा हाम्रो खप्तड स्वामी युवा क्लबका सम्पूर्ण सदस्यहरूले आर्थिक संकलन गरी पठाएको हौँ भने बाँकी ४ अमेरिका बस्दै आउनु भएकी टेरेसा रावल कुँवरले आफ्नो छोराको जन्मदिनको अवसरमा आर्थिक सहयोग गर्नु भएको हो ।’

अमेरिका बस्ने रावल कुँवरको माइती घर पनि सिंग्रा नै हो । विद्यालयको प्रधानाध्यापक ओमप्रकाश जोशीसहित शिक्षक/शिक्षिकाको उपस्थितिमा क्लबका उपाध्यक्ष जगत रावल, सल्लाहकार, सदस्यको सहभागितामा शुक्रबार डस्बिन हस्तान्तरण गरिएको छ । ‘समाजमा युवाहरूलाई केही सृजनशील काममा लाग्न हौसाउने र सङ्गठित गर्ने उद्देश्यले क्लब स्थापना गरिएको हो,’ अध्यक्ष रावल भन्छन्, ‘सामाजिक उत्तरदायित्वको कामलाई पनि अघि बढाउँदै आएका छौँ । दुखी पीडित वर्गका निम्ति सक्दो सहयोग गर्नु पनि हाम्रो धर्म हो ।’

उनले क्लबको समितिका उपाध्यक्ष, सचिव, सहसचिवहरू, कोषाध्यक्ष र सम्पूर्ण सदस्यप्रति आभार प्रकट गर्दै उनले सहयोगीहरूलाई धन्यवाद दिए । विश्वभर फैलिएको कोरोना महामारीका बेला पनि क्लबले सचेतनामूलक काम गर्दै स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

यो पनि : खप्तड स्वामी युवा क्लबद्वारा स्वास्थ्य सामग्री वितरण

प्रतिक्रिया

5 thoughts on “सामाजिक कार्यमा अग्रसर बन्दै खप्तड स्वामी युवा क्लब/सेवा समाज

  1. सम्पर्क युवा हरु लाइ समाज सेवा मा लागेको देख्दा हर्षित भएको छु

  2. बधाई छ क्वलब लाई अझै यो भन्दा राम्रो राम्रो काम गरोस खप्तड स्वामी युवा क्वलब लाई धन्यवाद ।सबै सदस्य को सक्रियता रहोस ।

  3. यस पवित्र कार्य मा आ-आफ्नो तर्फबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण सहयोगी प्रिय मन हरु र आदरणीय ब्यक्तित्व हरु लाई धन्यवाद। आउने दिनहरुमा पनि क्लब ले राम्रो काम गर्नु पर्छ। त्यस का लागि क्लबका सम्पूर्ण सदस्य मित्र हरुलाई एक जुट भएर लातेमालो गर्न अनुरोध गर्दछु।

  4. यस पवित्र कार्य मा आ-आफ्नो तर्फबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण सहयोगी प्रिय मन हरु र आदरणीय ब्यक्तित्व हरु लाई धन्यवाद। आउने दिनहरुमा पनि क्लब ले यस्तै राम्रा काम गर्नु पर्छ त्यसको लागि क्लबका सम्पूर्ण सदस्य मित्र हरुले हातेमालो गरेर अगाडी बढ्नुपर्छ।‌‌र हामीजस्तै अरु सहयोगी मन हरु लाई सहयोग गर्न प्रेरित गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्नुहुने प्रिय आदरणीय ब्यक्तित्व पत्रकार दाई नृप रावल लाई‌ पनि विशेष धन्यवाद।🙏
    सबै को जय होस् 🇳🇵🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *