अविरल वर्षाको कारण सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा ठूलो क्षति, २६ जना बेपत्ता
विराटनगर । गएरातिको अविरल वर्षाका कारण कोशी प्रदेशमा ठूलो क्षति भएको छ । केही व्यक्तिको मृत्यु भएको छ, भने धेरैजना हराइरहेका छन् । धनजनको क्षति भएको प्रहरीले जनाउको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लामा अहिलेसम्म २६ जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गएराती देखिको अविरल वर्षाका कारण सडक अवरुद्ध भएका छन् भने विभिन्न ठाउँमा पुलहरू भत्किएका छन् । जसका कारण राजमार्गहरू अवरुद्ध भएका छन् । प्रहरीका अनुसार सङ्खुवासभाको सुपरहेवा खोला हाइड्रो पावरमा काम गर्ने २१ जना बेपत्ता भएका चार जना सम्पर्कमा आएका छन् ।
अझै १७ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। हाइड्रोमा काम गर्ने १८ जना मध्ये १ जनाको शव फेला परेको छ । सङ्खुवासभाको पाँचखपन गाउँपालिकामा पनि पहिरोमा परेर थप २ जना हराइरहेका छन् । उनीहरूको खोजी भईरहेको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए ।
सङ्खुवासभामा ४ वटा पुल बगाएको छ । २ वटा मोटरेवल पुल बगाएको छ भने अन्य २ झोलुङ्गेपुल बगाएको छ भने ११ वटा घर बाढी र पहिरोमा परेको सङ्खुवासभामा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।
पाँचथरका ३ ठाउँमा बाढी र पहिरोमा परेर ५ जना बेपत्ता भएका छन् । हिलिहाङ गाउँपालिका वडा नम्बर ७ माझिटारका २८ वर्षका आशिष माझी, वर्ष २५ कि एलिसा माझी र ४५ को तिल कुमार तामाङ हराइरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । उनका अनुसार फिदिम नगरपालिका११ का २८ वर्षीय संजोग लिम्बु र फिदिम नगरपालिका ५ का ५५ को राज कुमार राई पनि बेपत्ता भएका छन् ।
पाँचथरमा नै रहेको माउण्टेन ईनर्जी हाइड्रो पुरिएको छ पहिरोमा पुरिएका एक बालकको सकुशल उद्धार भएको प्रजिअ मङ्ग्रान्तिले बताए । पाँचथरमा पक्की र झोलुङ्गे पुल गरी करिब १३ वटा पुल भत्काएको छ ।
त्यस्तै, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् । गाउँपालिका वडा नम्बर ६ का वर्ष ६३ की भगीमाया बुढा क्षेत्री, सोही ठाउँकीका सन्ध्या बुढा क्षेत्री, प्रज्वल बुढा क्षेत्री र गणेश तामाङ रहेका छन् ।