करेन्ट चाउचाउले ल्यायो मानवताकाे उत्कृष्ट सन्देश दिने भिडिओ

काठमाडौँ । नेपाली खाद्य उद्योग यशोदा फुड्सले बीस रुपैयाँ मूल्य पर्ने प्याकेजिङको चाउचाउको उपयोगिता झल्काउने एक उत्कृष्ट सन्देश सन्देशमूलक भिडिओ सार्वजनिक गरेको छ । बाँडेर खानु र आवश्यक परेकालाई सहायता गर्नुमा नै मानवताको परिचय रहेको सन्देश उक्त भिडिओले दिएको छ । उक्त भिडिओले दर्शकहरुको मन जित्‍न सफल बनिरहेको देखिएको छ ।

भिडिओ

भिडियोमा रहेको ‘एक हाँसो मेरो उपहार तिमीलाई, एक हाँसो तिम्रो उपहार मलाई’ बोलको गीत समावेश गरिएको छ । उक्त गीतले ‘हाँसो दिए, बदलामा हाँसो नै पाइन्छ’ भन्‍ने मान्यतालाई स्थापित गर्ने प्रयास गर्दै सहयोगी भावनालाई जागृत गरेको छ ।

देशभित्रका हजारौँ मानिसलाई रोजगारी सिर्जना गर्नेलगायत स्वदेशी खुर्सानी उत्पादनमा समेत सहायता गरिरहेको यसोदा फुड्सको उक्त विज्ञापनले मानिसभित्र रहेको सकारात्मकता र मानवतालाई फरक ढङ्गले प्रस्तुत गरेको छ ।

‘बाँड्दै खुसीका स्वादहरु’ शीर्षकमा सार्वजनिक भएको उक्त भिडियोले थोरै समयमा नै दर्शकको राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

आफ्ना उत्पादनलाई बजार पुर्‍याउन ल्याइएको उक्त भिडिओमा मानवता र भाइचाराको सन्देशन समेत प्रवाह गर्नु सक्ने कम्पनीको उत्तकृष्ट अभियान भएको कम्पनीको भनाइ छ । सधैँ समाजप्रतिको उत्तरदायित्वलाई प्राथमिक्तामा राख्दै आएको यशोदा फुड्सले यही भिडियोमार्फत काठमाडौँमा रु. २० का ३ वटा नयाँ स्वादका चाउचाउ सार्वजनिक गरेको हो ।

‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउको सफलतापछि चिकन , चिज चिकन पिजा र भेज गरी ३ स्वादका चाउचाउनको उत्पादन गरी बजार पु¥याउन थालेको हो । करेन्टले २० रुपैयाँ पर्ने प्याकेजिङको चाउचाउमा पनी बजारमा आफ्नो उपस्थिति बलियो बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *