भोलिदेखि काठमाडौँ महानगरमा कुनै पनि भारतीय फिल्म चलाउन नपाइने
मकालु खबर
२०८० असार ३ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले भोलिदेखि काठमाडौँ उपत्यकामा कुनै पनि भारतीय फिल्म प्रर्दशन गर्न प्रतिबन्ध लगाएका छन् ।
हालै प्रदर्शनमा आएको भारतीय फिल्म ‘आदी पुरुष’को सम्बादमा जानकी (सीता) भारतकी छोरी भएको अर्थ दिने संबाद नहटाइएकोले भारतले नेपालमाथि गरेको सांस्कृतिक अतिक्रमण रोक्न यस्तो निर्णय लिइएको उनले बताएका छन् ।
उक्त संवाद हटाउन निर्माण पक्षलाई दिइएको ३ दिनको समय पूरा भएको र त्यस्तो संवाद नहटाइएकोले काठमाडौँ महानगरमा उक्त चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको उनले बताएका छन् ।
उनले राष्ट्रिय हितको रक्षा गर्ने दायित्व संविधानले स्थानीय तहलाई समेत दिएकोले आफूले यस्तो कदम चालेको समेत स्पष्ट पारेका छन् ।
यस्ताे छ मेयर बालेनकाे भनाइ
मकालु खबर
२०८० असार ३ गते
प्रतिक्रिया
सम्बन्धित