हेलिकप्टर ल्याण्ड हुन सकेन
मकालु खबर
२०८० असार ४ गते
विराटनगर । ताप्लेजुङको मेहेलेमा पहिरोमा परि घाइते भएकाहरू र पाँचथरको च्याङ्थापुमा अलपत्र १७ जनाको उद्धारको लागी विराटनगरबाट गएको हेलिकप्टर ल्याण्ड हुन सकेको छैन ।
भौगोलिक विकटता र मौसम प्रतिकुलता को कारण मेहेलेको अन्य ठाउँमा अवतरणको प्रयास भईरहेको प्रहरीले जनाएको छ । निलगिरी मावि मा अवतरण हुने भनिएपनि मौसमी प्रतिकुलताले समस्या देखिएको जनाएको छ ।
पाँचथरको च्याङथापुको फेदी भन्ने ठाउँमा अलपत्र परेका १० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएर नेपाली सेनाको उद्धार टोली ताप्लेजुङको मेहेले तर्फ लागेको छ । बिहानै बाट मेहेलेको घाइते को उद्धार गर्ने अधिकतम प्रयास गरे पनि मौसम प्रतिकुलताले हेलिकप्टर ल्यान्ड हुन सकेको छैन ।
मकालु खबर
२०८० असार ४ गते
प्रतिक्रिया
सम्बन्धित