पछिल्लो १० खेलमा अपराजित अर्जेन्टिनाले इन्डोनेसियालाई हरायो

काठमाडौँ । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्डोनेसियाविरुद्ध अर्जेन्टिनाले २-० को जित निकालेको छ । गएराति सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा लिन्द्रो पारेडेस र क्रिस्टियन रोमेरोले समान एक गोल गरे ।

खेलको ३८ औँ मिनेटमा लिन्द्रोले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । ५५ औँ मिनेटमा रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाए ।

यस जितसँगै अर्जेन्टिना पछिल्लो १० खेलसम्म अपराजित रहन सफल भएको छ । फिफा विश्वकप कतार २०२२ मा साउदी अरेबियासँग २–१ ले स्तब्ध भयएता अर्जेन्टिना अपराजित छ । जसमा ८ जित र २ बराबरीको नतिजा छ । विश्वविजेता अर्जेन्टिना आफ्नो मुख्य खेलाडीविनै मैदामन उत्रिएको थियो ।

मैत्रीपूर्ण खेलमै थाइल्याण्डले हङकङलाई १-० ले हरायो । यस्तै, जमैकाविरुद्ध जोर्डनले २-१ तथा फिलिपिन्सविरुद्ध चाइनिज ताइपेले ३-२ को जित निकाले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *