भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद, बिगाे र जरिवाना ६ अर्ब

काठमाडौँ । कर फर्छ्यौट आयोगका तत्कालिन अध्यक्ष लुम्बबहादुर महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्षको कैद सयाज हुने फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल र सदस्य न्यायाधीशहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलाशले यस्तो सजाय सुनाएको हो ।

तीन मध्ये तत्कालिन अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष एक महिना तथा ढकाल र शर्मालाई ९–९ वर्ष कैद सजाय सुनाएको हो ।

यस्तै इजलासले उनीहरूलाई चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना भराउन आदेश दिएको छ । बिगाेसहित उनीहरूबाट ६ अर्ब भराउन आदेश दिइएकाे छ ।

उच्च अदालतको उक्त इजलाशले १८ जेठमा उनीहरुलाई दोषी ठहर गरेको थियो ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले २०७४ साल असारमा उनीहरूविरूद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

९ वर्षअघि कर विवाद फर्छ्यौट गर्ने जिम्मा दिएर उक्त आयोग गठन गरिएको थियो । आयोगले १० अर्ब ९६ करोड रुपैयाँ कर बदनियतपूर्वक छुट दिएको अख्तियारको अनुसन्धानमा खुलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *