साफ च्याम्पियनसिप, कुवेतको सामना गर्दै नेपाल

काठमाडौँ । आजदेखि दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप हुँदैछ । साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतको बेंगलुरुमा हुँदैछ ।

नेपालले साफ च्याम्पियन्सिपको उद्घाटन खेलमा कुवेतको सामना गर्दै छ । खेल नेपाली समय अनुसार अपराह्न ३: ४५ बजेदेखि सुरु हुने छ । कुवेत फिफा वरियताको १४३औँ स्थानमा छ । १७४औँ स्थानको नेपालले कुवेतलाई कडा टक्कर दिन सक्ने अनुमान छ । नेपाल र कुवेतबीच अहिलेसम्म भएका तीन खेलमा नेपाल जितविहीन छ । पछिल्लो पटक २०२२ को जुनमा एसिया कप छनोटको तेस्रो चरणमा नेपाललाई कुवेतले ४-१ ले पराजित गरेको थियो ।

आजै दोस्रो खेल भारत र पाकिस्तानबीच राति ७: ४५ बजेदेखि हुँदै छ । जुन २१ देखि जुलाई ३ सम्म हुने हुने साफ च्याम्पियनसिपका खेलहरू श्री कान्तिभरा स्टेडियमा हुनेछ ।

यस साफ च्याम्पियन्सिपमा ८ देशले भाग लिँदै छन् । साफ देश श्रीलंका फिफाद्वारा सस्पेन्ड रहेकाले यस प्रतियोगितामा खेल्ने छैन । समूह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको छ । त्यस्तै समूह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । दुवै समूहका शीर्ष दुई देश सेमिफाइनल पुग्नेछन् ।

यसअघि १३औँ संस्करणको साफ २०२१ मा माल्दिभ्समा भएको थियो । जहाँ नेपालले पहिलो पटक फाइनल पुग्दै इतिहास बनाएको थियो । तर उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो । त्यसअघि नेपाल २०११, २०१३ र २०१८ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ भने माल्दिभ्सले २ पटक, बंगलादेश, अफगानिस्तान र श्री लंकाले एक एक पटक उपाधि जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *