मैले देखेका ‘हिरा-मोती’ सबैलाई देखाउन मन लाग्यो !
काठमाडौँ । रातभरि हावाहुरी र भारी बर्सात भएको थियो । कयौँ दिनको प्रतीक्षापछि आएको बर्सातले कसैको मनमा हर्ष र कसैको मनमा हंस मेटाइदियो । म भने आकाशको गड्याङगुडुङ सुन्दा सुन्दै निदाएछु ।
बर्सातको चिसो हावाले मनलाई लोरी गाएर थपथपाइ रहेको थियो । कयौँ दिनको गर्मीले निदाउन नसकेका मेरा आँखाहरू त्यसरात सहजै निदाएछन् ।
रातको लामो अन्तरालपछि फेरी सूर्योदयसँगै मेरो भेट भयो । रातको हावाहुरी र बर्सात समाप्त भई एउटा सुनौलो बिहानीले मलाई पर्खिरहेको थिए । आङ तन्काउँदै झ्यालबाहिर हेरे । केही चिजले मेरा आँखाहरू तानिए । छिट्टै पलङबाट झरेर बाहिर निस्के ।
मेरा आँखाहरू आमाले रोप्नु भएको बाटा छेउको दुवोमा परेको थियो । ती दुवोमा सेता-सेता ‘हिरा र मोती’ जस्ता सितका थोपाहरू टल्की रहेको थिए । मैले देखेका ‘हिरामोती’ सबैलाई देखाउन मन लाग्यो, त्यसैले हतार गरीभित्रबाट मोबाइल ल्याए र यी तस्बिरहरू मोबाइलको क्यामेरामा कैद गरे ।
Very nice.
wow nice