भारतीय फिल्म नरोक्न अदालतको आदेश, बालेन भन्छन्– रोक्छौँ

काठमाडौँ । उच्च अदालत पाटनले सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म प्रर्दशनमा रोक नलगाउन अल्पकालिन आदेश दिएको छ । काठमाडौँ महानगरका मेयर बालेन्द शाहले भारतीय फिल्म चलाउन लगाएको प्रतिबन्धविरुद्ध चलचित्र संघले अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाईपछि यस्तो आदेश दिएको हो ।

अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले यस्तो आदेश दिएको हो ।

अदालतको लिखित आदेश प्राप्त भएपछि सेन्सर पास भएका भारतीय फिल्म चलाउने तयारीमा चलचित संघ लागेको छ । तर, काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले भने चल्न नदिने बताएका छन् । उनले नेपाल सरकार र अदालत दुबै भारतको गुलाम भएको आरोप समेत लगाएका छन् । र आफूले देशको सार्वभौमिकको सवालमा सम्झौता नगर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *