बागमती प्रदेश मन्त्रालयमा राखियो ग्रेटर नेपालको नक्सा
काठमाडौँ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । बिहीबार भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।
छिमेकी मुलुक भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसमेत समेटिएको ‘अखण्ड भारत’ नामक नक्सा राखेपछि त्यसको प्रतिवादमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्य कक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए । त्यसयता नेपालका सरकारी कार्यालयहरु तथा आम सर्वसाधारणले समेत ग्रेटर नेपालको नक्सा राख्न थालेका छन् । पूर्वमा टिस्टा नदी र पश्चिममा सतलज पारिको काँगडासम्म समेटिएको उक्त नक्सा अहिले सरकारी कार्यालयहरुमा राख्न थालिएको हो ।
मेयर बालेनले गरेको राम्रो कामको अनुशरण सबैले गर्नुपर्ने भन्दै मन्त्री दुलालले ग्रटेश नेपालको नक्सा राखेको बताएका छन् ।
भारले नेपालको भूमि मिच्न खोजेकोले अहिलेसम्म भारतले हडपेको भूमि फिर्ता गर्नुपर्ने सन्देश दिन आफूले पनि ग्रेटर नेपालको नक्सा राखेको उनले बताएका छन् ।