लागू औषध सहित पोखराबाट २ जना पक्राउ
मकालु खबर
२०८० असार ७ गते
पोखरा । लागू औषध सहित पोखराबाट २ जना पक्राउ परेका छन् ।
लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र लागू औषध नियन्त्रण व्युरो पोखराबाट खटिएको टोलीले लेकसाइडबाट दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिराटनगर १२ घर भएका २६ वर्षीय राज गौतम र विदेशी नागरिक चेक रिपव्लिकका ३२ वर्षीय मार्टिना केरना छन् । उनीहरुलाई शंकास्पद अवस्थामा फेला परेर खानतलासी गर्दा लागू औषध बरामद भएको हो ।
उनीहरुको साथबाट एलएसडी २६ पीस, एम्फेटामाइन ४ सय मिलिग्राम र मोवाइल २ थान बरामद भएको छ ।
दुवैजनालाई कास्की अदालतबाट ५ दिनको म्याद थपी लागू औषध मुद्धामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०८० असार ७ गते
प्रतिक्रिया
सम्बन्धित