उपप्राध्यापक प्रेम चलाउनेले तोडे अनशन
मकालु खबर
२०८० असार ८ गते
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन तोडेका छन् । आफूमाथि कुटपिट गर्ने विद्यार्थी नेतामाथि चलाइएको मुद्दा फिर्ता लिने निर्णय सरकारले गरेपछि उनी त्यसको विरोधमा त्रिवि उपकुलपतीको कार्यालय अगाडि ५ दिनअघिदेखि अनशन बसेका थिए ।
मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै उनी फेरि सर्वोच्च पुगेका थिए । सर्वोच्चले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेविरुद्ध परेको मुद्दा फिर्ता नलिन सरकारलाई आदेश दिएपछि उनले अनशन तोडेका हुने ।
चितवनकी होम कुमारी बरालले चलाउनेलाई दही खुवाएर उनको अनशन तोडाएकी हुन् । चलाउनेमाथि कुटपिट हुँदा उनै बराले उनलाई बचाएकी थिइन् ।
मकालु खबर
२०८० असार ८ गते
प्रतिक्रिया
सम्बन्धित