६ प्रतिशतको आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान अर्थतन्त्रका चुनौतिकाबीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक रहेको बताएका छन् ।
शुक्रवार परिसंघको २० औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले चुनौतिपूर्व अर्थतन्त्रकाबीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्नुपर्ने अवस्था रहेको बताए । उनले मौद्रिक नीति लगानी मैत्री र खुकुलो नभएर ६ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने बताए । उनले नेपाल राष्ट्र बैङ्कले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी मौद्रिक नीति ल्याउनु माग गरे ।
उनले आगामी आर्थिक वर्षको बजेटमा समावेश सार्वजनिक निजी साझेदारी सम्बन्धी ७३ बुँदा सफल कार्यान्वयन हुन आवश्यक रहेको बताए । उनले आर्थिक संवाहक निजी क्षेत्रले सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । उनले लगानीको वातावरण निर्माणका लागि राज्य प्रशासन संयन्त्र सहयोगी होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताए ।
उनले भने ‘वर्तमान अर्थतन्त्रका चुनौतिकाबिच ६ प्रतिशतको आर्थिक वृद्धि गर्नु पर्ने छ । यसको लागि खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक छ । नेपाल राष्ट्र बैङ्कले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी मौद्रिक नीति ल्याउन आग्रह गर्दछु । आगामी आर्थिक वर्षको बजेटमा समावेश सार्वजनिक निजी साझेदारी सम्बन्धी ७३ बुँदा सफल कार्यान्वयनको लागि स्पष्ट मार्गचित्र सहितको बजेट वाच पुस्तिका तयार पारेका छौँ । आर्थिक संवाहकको निजी क्षेत्रले सरकारलाई सधैँ सहकार्य गर्दै आएको छ । लगानीको वातावरण निर्माणका लागि राज्य प्रशासन संयन्त्र सहयोगी होस भन्ने निजी क्षेत्रको चाहना छ । अहिले भएको व्यवस्थामा लगानी गरिएको हुन्छ । छोटो अवधिमा नै नीतिगत परिवर्तनले लगानीको सुनिश्चितलाई प्रभावकारी हुँदैन । लगानीको वातावरण सुनिश्चित गर्नको लागि कम्तीमा १० वर्ष ऐन,नीति,नियम परिवर्तन हुँदैन भन्ने ग्यारेन्टी गर्नुपर्छ । यसले मुलुकलाई आर्थिक समृद्धिमा लैजान मद्दत गर्छ ।’
अध्यक्ष अग्रवालले व्यवसायीहरूले अहिले भएको व्यवस्थामा लगानी गर्ने र छोटो अवधिमा नै नीतिगत परिवर्तनले लगानीको सुनिश्चितता प्रभावकारी नहुने अवस्था रहेको बताए । उनले लगानीको वातावरण सुनिश्चित गर्नको लागि कम्तीमा १० वर्ष ऐन,नीति,नियम परिवर्तन नहुने सरकारले ग्यारेन्टी गर्नुपर्ने बताए । उनले यस्तो ग्यारेन्टी भए मुलुकलाई आर्थिक समृद्धिमा लैजान मद्दत पुग्ने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *