स्कर्पियो दुर्घटनामा ज्यान गुमाएका पूर्वमेयर गिरीका परिवारले दिए चालकविरुद्ध जाहेरी

काठमाडौँ । दुर्घटनामा मृत्यु भएका स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीका परिवारले चालकविरुद्ध जाहेरी दिएका छन् । गत असार १ गते साँझ राङखोलाबाट स्याङ्जा आउनेक्रममा उनी चढेको स्कारपियो बरजा भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते पूर्वमेयर गिरीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि परिवारले आइतबार चालकविरुद्ध जाहेरी दिएका छन् । गिरीको दुर्घटनामा परी मृत्यु भएको नभई उनको हत्या भएको र त्यसमा गाडीका चालकको संलग्नता रहेको आशंकामा उनका परिवारले चालक सुरज नेपालीविरूद्ध जाहेरी दिएका हुन् ।

आइतबार दिवङ्गत गिरीका भाइ बलरामले जिल्ला प्रहरी कार्यालय स्याङ्जा पुगेर गाडीचालक नेपालीविरूद्ध जाहेरी दर्ता गरेका हुन् । दुर्घटनापछि प्रहरीले चालक नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । घटनाको निष्पक्ष छानबिन गर्न परिवारले मागसमेत गरेको छ ।

यो पनि : स्कर्पियो दुर्घटनामा चापाकोटका पूर्वमेयर गिरीको निधन, चालक पक्राउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *