वीरेन्द्रनगर नगरपालिकाले आफ्नै युट्युब चलाउने
सामाजिक सञ्जालको प्रयोग बढाउने
मकालु खबर
२०८० असार १० गते
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्नै युट्युब च्यानल सञ्चालन गर्ने भएको छ ।
आर्थिक बर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख मोहनमाया ढकालले यस्तो बताएकी हुन् ।
साथै नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ मा सोसल मिडियाको प्रयोग बढाउने पनि बताएको छ ।
नगरपालिकालाई नियमित गतिबिधिहरुलाई डिजिटल बनाउँन वेभसाइटको नियमित अपडेट गर्ने पनि जनाएको छ ।
मकालु खबर
२०८० असार १० गते
प्रतिक्रिया
सम्बन्धित