सांसद गौतम ‘वन योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा
मकालु खबर
२०८० असार १० गते
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा छानिएकी छन्।
आयोजक वन योङ वर्ल्डले सोवितासँगै विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटेको छ । जसमा चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका पनि परेकी छन्।
२७ वर्षीया सोबिता नेपाली इतिहासमा सबैभन्दा कान्छी निर्वाचित सांसद हुन्। रास्वपाको संस्थापक सदस्य समेत हुन्।
संस्थाले सर्टलिस्टमा परेकामध्ये ५ जनालाई अवार्ड प्रदान गर्नेछ।
द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८÷३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गरिन्छ।
संस्थाले बेलफास्ट बेलायतमा आगामी २ देखि ५ अक्टोबरसम्म द वन योङ वर्ल्ड समिट गर्दैछ । सोही समिटमा बिजेता घोषणा गरिनेछ ।
मकालु खबर
२०८० असार १० गते
प्रतिक्रिया
सम्बन्धित