मेस्सीको के रहेछ सुझाव ? जो पछ्याउँदै छन् एम्बाप्पे

काठमाडौँ । लियोनेल मेस्सीले पिएसजीमा आफ्ना पूर्व सहकर्मी युवा खेलाडी किलीयन एम्बाप्पेलाई रियल म्याड्रिड जान सुझाव दिएका छन् । इन्टर मियामी जाने घोषणा गरेका मेस्सीले एम्बाप्पेसँगको बिदाइ भेटमा रियल म्याड्रिडमा जान सुझाव दिएका हुन् ।

स्पेनिस मिडिया डिफेन्सा सेन्ट्रलले उल्लेख गरेअनुसार पिएसजीमा २०२४ पछि सम्झौता नवीकरण नगर्ने घोषणा गरेका एम्बाप्पेलाई मेस्सीले उपाधि जित्न सक्ने प्रोजेक्टमा जान आग्रह गरेका छन् । मेस्सीले एम्बाप्पेलाई बार्सिलोना जस्तो क्लबमा जान आफूले सुझाव दिने बताएको तर रियल म्याड्रिड जान चाहेमा पनि त्यहाँ जान सुझाव दिएको बताएको खुलेको छ ।

पिएसजीलाई ५ लिग वान र ३ फ्रेन्च कप जिताएका एम्बाप्पेले च्याम्पियन्स लिगमा भने सफलता हासिल गर्न सकेका छैनन् । मेस्सीले ‘रियल विनिंग प्रोजेक्ट’मा जान दिएको सुझावलाई एम्बाप्पेले अवलम्बन गर्न लागेको देखिएको छ । उनले पिएसजीलाई २०२४ पछि सम्झौता नवीकरण नगर्ने लिखित पत्र नै पठाएपछि पिएसजीले आउदो सिजनका खेल शुरु हुनु अघिनै एम्बाप्पेलाई बेच्ने तयारी गरेको छ ।

पिएसजीले अहिले एम्बाप्पेलाई बिक्रि नगरेमा सिजनको अन्त्यपछि उनी निःशुल्करुपमा कुनै पनि क्लबमा जानसक्ने भएकाले बेच्ने तयारीमा लागेको छ । एम्बाप्पे केही दिनमै रियल म्याड्रिड जाने सञ्चारमाध्यमहरुले बताएका छन् । रियल म्याड्रिडले एम्बाप्पेलाई रेकर्ड २५० मिलियन युरोमा किन्ने तयारी गरेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *