राष्ट्रिय युवा संघको आयोजनामा भ्याली फुटसल च्याम्पियनसिप १४ असारदेखि
मकालु खबर
२०८० असार ११ गते
काठमाडौँ । राष्ट्रिय युवा संघको आयोजनामा उपत्यकास्तरीय भ्याली फुटसल च्याम्पियनसिप १४ असारदेखि काठमाडौँमा आयोजना हुने भएको छ । संघले आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो ।
उक्त प्रतियोगितामा उपत्यकाका ३ जिल्लास्थित २१ वटा स्थानीय तहका २२४ वडाका १६ देखि २४ वर्ष उमेर समुहका युवालाई खेलाइने जनाइएको छ ।
यस्तो छ विज्ञप्ति
मितिः २०८०/०३/११
प्रेस विज्ञप्ति
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा मिति २०८० असार १४ गते देखि काठमाडौं उपत्यका स्तरिय भ्याली फुटसल च्याम्पियनसिप’ को आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउदछौं । सञ्चार माध्यमहरुलाई यस प्रेस विज्ञप्ति मार्फत प्रतियोगिताको बारेमा समग्र जानकारी गराउन पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौ । यस प्रतियोगितमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानिय तहका सबै २२४ वडाहरुका १६ देखि २४ उमेर सुमुहका युवाहरुको विभिन्न फुटसल टिमहरुलाई सहभागी गराइनेछ । उपत्यकाका २१ वटै स्थानिय तहबाट असार १४ गते देखि २२ गते सम्ममा पालिका च्याम्पियनका लागि आ आफ्नो पालिकामा वडा स्तरिय खेल खेलाइनेछ र पालिका च्याम्पियनहरुका बिचमा असार २३ गते भव्य समारोहका बिच फाइनल खेल खेलाइनेछ ।
नेपाली युवाहरुको सर्वाधिक लोकप्रिय संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताको मुल उद्देश्य नेपालमा फुटसल खेलको व्यवसायिक प्रवद्धनमा महत्वपुर्ण योगदान गर्नु र यस खेलका माध्यमबाट खेल र खेलाडी प्रति आम नागरिक, संघ, संस्था तथा राजनैतिक दलहरुलाई समेत प्रेरित गर्दै सरकारलाई समेत खेल, खेलाडीप्रति जवाफदेही बनाउनु रहेको छ । सबल राष्ट्रका लागि स्वस्थ युवा, स्वस्थ युवाका लागि खेलकुदको महत्वलाई उजागर गर्दै स्वस्थ युवा, स्वस्थ समाज भन्ने संघको नारालाई सार्थकता दिर्दै युवाको शारिरीक, मानसिक पक्षको विकास गर्ने, युवा उमेरका खेलाडीमाझ फुटसल खेलको विकास र प्रर्वद्धन गर्ने, युवा उदयमान खेलाडीहरुलाई खेल खेल्ने वातावरणको श्रृजना गर्ने, खेलकुद मार्फत युवाहरुका अनुशासन कायम गर्ने, युवाहरुलाई राजनैतिक नेतृत्वसँग जोड्ने, खेलकुदमा हुने सामुहिकता, अनुशासन र मित्रवत सम्बन्धलाई युवा राजनितीमा अनुशरण गर्न उत्प्रेरित गर्ने र राष्ट्रिय युवा संघलाई खेल र खेलाडीका बिचमा लोकप्रिय बनाउदै स्थापित गर्न यस प्रतियोगिताले बल पुऱ्याउने हाम्रो विश्वास रहेको छ ।
युवाहरुका र जनसरोकारका मुद्दामा चासो देखाउदै आइरहेको राष्ट्रिय युवा संघ नेपाल युवाहरुको विश्वास र भरोषाको संगठन पनि हो । नेपाली युवाहरुलाई गोलबन्द गर्दै विकास र समृद्धिको यात्रामा डोऱ्याउने लक्ष्यका साथ यस भ्याली फुटसल च्याम्पियनसिपको आयोजना गरिएको हो । नेपालकै फुटसल इतिहासमा स्थानिय तहका वडा स्तरमा पुगेर फुटसल प्रतियोगिताको आयोजना गरिनु फुटसलको नया आयामको सुरुवात पनि हो । यस प्रतियोगितामा वडा स्तरमा रहेका ३ हजार युवाहरुले प्रत्यक्ष प्रतिष्पर्धा गर्नेछन भने हजारौ युवाहरु यस प्रतियोगितामा परिचालित हुनेछन । यसले खेलकुदको माध्यमबाट युवाहरुलाई एकआपसमा जोड्ने नितिलाई सहि ढङ्गबाट कार्यान्वयन गर्ने अपेक्षा राष्ट्रिय युवा संघ नेपालले लिएको छ ।
यस प्रतियोगिता र यसमा राखेको पुरस्कारले खेलाडी तथा टिमलाई थप उर्जा प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास रहेको छ । भ्याली फुटसल च्याम्पियनसिप टिमलाई २ लाख नगद, उप बिजेता टिमलाई १ लाख नगद, उत्कृष्ट खेलाडी १ जनालाई १० हजार नगद, उत्कृष्ट गोलरक्षक १० हजार, पालिका च्याम्पियन १० हजार नगद सहित टफ्रि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । यस प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्न हामीले आम सञ्चारमाध्यमबाट भरपुर सहयोगको अपेक्षा समेत गरेका छौं। यहाँहरुको सहयोग र सहकार्यका लागि हार्दिक धन्यवाद ।
क्षितिज थेवे
अध्यक्ष राष्ट्रिय युवा संघ
तस्बिरहरू
मकालु खबर
२०८० असार ११ गते
प्रतिक्रिया
सम्बन्धित