सन्दीपविरुद्ध जाहेरीकर्ता किशोरीलाई १ लाख क्षतिपूर्ति दिन अदालतको आदेश
मकालु खबर
२०८० असार ११ गते
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा उजुरी दिने पीडित किशोरी (गौशला २६) लाई १ लाख रुपैयाँ क्ष्तिपूर्ति भराउन अदालतले आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट किशोरीलाई राहत स्वरुप उपचार खर्च उपलब्ध गराउन आदेश दिएको हो ।
पीडित किशोरीले शारीरिक र मानसिक स्वास्थ्य उपचारका लागि ७० हजार रुपैयाँलगायत अन्य खर्च गरी २ लाख रुपैयाँभन्दा बढीको खर्च दाबी गर्द बील पेश गरेकी थिइन् । अदालतले भने उपचार खर्च उपलब्ध गराउन आदेश दिएको हो ।
यसअघि भने पीडितलाई क्षतिपूर्ण दिन अदालतले अस्वीकार गर्दै आएको थियो ।
मकालु खबर
२०८० असार ११ गते
प्रतिक्रिया
सम्बन्धित