नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
मकालु खबर
२०८० असार ११ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौँको गल्फुटारबाट आशिष बुढाथोकी पक्राउ परेका हुन् ।
उनको बैंक खातामा नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको लेनदेनको कारोबार भएको देखिएकोले उनलाई पक्राउ गरिएको उनले बताए ।
नक्कली शरणार्थी प्रकरणमा यो समेत हालसम्म १९ जना पक्राउ परिसकेका छन् । यी मध्ये २ जना धरौटीमा छुटेका छन् । १६ जना थुनामा छन् ।
मकालु खबर
२०८० असार ११ गते
प्रतिक्रिया
सम्बन्धित