सुपर ओभरमा गएको खेलमा नेदरल्याण्डसले वेस्टइन्डिजलाई हरायो
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत सुपरओभरमा धकेलिएको खेलमा वेस्ट इन्डिजलाई नेदरल्याण्डसले हराएको छ ।
नेदरल्याण्डसले दिएको ३१ रनको लक्ष्य वेस्ट इन्डिजले २ विकेट गुमाएर ८ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजले का लागि जोनसोन चाल्र्सले ७ रन बनाए । नेदरल्याण्डका लागि दुवै विकेट भेन वीकले लिए ।
नेदरल्याण्डका लागि भेन वीकले एकल ३० रन बनाएका थिए । यसअघि नेदरल्याण्डस र वेस्ट इन्डिजबीचको खेल बराबरी भएको थियो । वेस्ट इन्डिजले दिएको ३७५ रनको रन पछ्याएको नेदरल्याण्डसलाई अन्तिम बलमा एक रन चाहिएकोमा लोगान भ्यान बेक आउट हुन पुगे । त्यसपछि खेल सुपरओभरमा धकेलिएको थियो ।
यो जितसँगै नेदल्याण्ड समूह उपविजेता बनेको छ । समुह ‘ए’ बाट जिम्बाबे, वेस्टइन्डिज र नेदरल्याण्डस सुपर सिक्समा पुगेका छन् भने नेपाल र अमेरिका बाहिरिएका छन् । समुह ‘बि’ बाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।
टेस्ट खेल्ने देश आयरल्याण्ड आफ्ना शुरुक तीन खेलमा हार बेहोरेसँगै सुपर सिक्सको दौडबाट बाहिरिएको छ भने युएई यसअघि नै तीन खेलमा हार बेहोरेर सुपर सिक्स पुग्नबाट बाहिरिएको थियो ।