ललिता निवास जग्गा काण्डमा थप ४ पक्राउ, ५ जनाविरुद्ध मुद्दा चलाइँदै

काठमाडौँ । बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा पास गर्ने प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले थप ४ जना लाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले थप ४ जनालाई फरक फरक स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी छन् ।

यसअघि नै प्रहरीले मंगलबार बिहान नक्सालस्थित निजी निवासबाट भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

यो प्रकरणमा प्रहरीले अनुसन्धान गरी १७५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । केही समय सेलाएको यो मुद्दा सरकारले फेरि ब्युँताएर अनुसन्धान अघि बढाएको हो ।

मंगलबार पक्राउ परेका पाँचजना विरुद्ध नै सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर गर्ने गरी प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *